बृद्धभत्ता बाँडेर देश समृद्ध हुनैसक्दैन, यसलाई हटाउनुपर्छ–अर्थमन्त्री किरण गुरुङ

पोखरा, २१ वैशाख /प्रदेश ४ का अर्थमन्त्री किरण गुरुङले सरकारले बृद्धहरुलाई दिँदै आएको बृद्धभत्ता हटाउनुपर्ने बताएका छन् । बिहीबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले बृद्धभत्ताको ठाउँमा सामाजिक भत्ताको ब्यवस्था गर्ने सोंचमा सरकार रहेको बताए ।

‘नेपालमा बृद्धभत्ता खानेले १ पैसा राज्यकोषमा जम्मा गरेको छैन । राज्यकोषमा जम्मा नगर्ने अनि बृद्धभत्ता भनेर बाँढ्ने हो भने मुलुक समृद्ध हुन सक्दैन, उनले भने–सबैले कामै नगरी सुतिसुति खाने हो भने ढुकुटीमा कसले जम्मा गरिदिन्छ ? ढुकुटीमा पैसै नभए मुलुक कसरी समृद्ध हुन्छ ?’

उनले सरकार अध्ययनको क्रममा रहेकोले आगामी दिनमा बृद्धभत्ताको ठाउँमा सामाजिक भत्ता वितरण गर्ने तयारी भैरहेको जानकारी दिए । राज्यको नागरिकता लिएपछि राज्यप्रति कर्तब्यनिष्ठ भएर कर तिर्न पनि मन्त्री गुरुङको आग्रह छ ।

समृद्ध र विकसित देशमा सबैले भत्ता पाउने भन्दै उनले त्यसको लागि पहिले नागरिकले कर तिरेर रकम जम्मा गर्नुपर्ने बताए । ‘अरु देशमा हेर्न हो भने १८ बर्ष पुगेपछि कुनै न कुनै रोजगारीमा आवद्ध हुनै पर्छ ।

जागिरका बेला तलवको आधा भन्दा बढी रकम कर कट्टि गरेर सरकारले लिन्छ , उनले थपे–त्यही रकम उमेर पुगेपछि सरकारले नागरिकलाई फिर्ता गर्छ । अव यो ब्यवस्था नेपालमा पनि लागू गर्नुपर्छ ।’

कमेन्टहरु
Loading...