सिल्कवेयर जोन्सनका धाराका सामानमा १० बर्षको ग्यारेन्टी

पोखरा, १२ असोज / सिल्कवेयर जोन्सन इन्टरनेसनलले धाराका विभिन्न सामानमा १० बर्षको रिप्लेसमेन्ट गर्नेे ग्यारेन्टी गरेको छ । धाराका विभिन्न ब्राण्ड खरिद गर्दा १० बर्षको रिप्लेसमेन्ट ग्यारेन्टी दिएको सिल्कवेयर जोन्सन इन्टरनेसनलका निर्देशक राजन झाले बताए । उनका अनुसार सामान खरिद गरेको वा बिग्रिएर खबर गरेको ७२ घण्टामा रिप्लेस सुविधा दिईनेछ ।

उनले भने “ हामी मात्र यस्तो कम्पनी हौं, हामी आईएसओ सर्टिफाइड कम्पनी हौं, अनुसन्धानमा मात्र हामीले ३ बर्ष खर्चिएका छौं । ” इन्टरनेशनल सिमेन्ट प्रा.लि.बाट ओम सिमेन्ट समेत बनाउदै आएको उक्त जोन्सन इन्टरनेसनल कम्पनीले एक बर्ष देखि धारा बनाउदै आएको हो ।

नेपालमा भारतीय धेरै ब्राण्डका धाराका सामानहरु आउने गरेको निर्देशक झाले बताए । नेपालमा मात्र करिब ५ अर्ब बढीको धाराको बार्षिक कारोवार हुने गरेको बताए । वीरगन्जमा गत बर्ष देखि धाराका विभिन्न मोडलहरु उत्पादन गर्न सुरु गरेको उनले जनाए ।

नेपाल भरी देशमा मुख्य शहरहरुमा जाने सेनेटेरीजका समानहरु समेत ल्याउने उनले जनाए । भारतबाट आउने धेरै सामानलाई आफ्नो ब्राण्डका सामानले बिस्थापन गर्न सक्ने निर्देशक झाले दाबी गरे ।

भारतको भन्दा धेरै डिजाईनमा बजारमा ल्याउने तयारी गरेको उनले जनाए । जर्मनी प्रविधिमा नेपालमा उत्पादन हुने उक्त धाराका ब्राण्डले आगामी एक बर्षमा नेपाली बजार लिने कम्पनीको दाबी छ ।

कमेन्टहरु
Loading...