प्रोग्रेशिभ फाइनान्सको शाखा पोखरामा

85

पोखरा, २९ भदौ / प्रोग्रेशिभ फाइनान्स लिमिटेडले पोखरा महानगरपालिका ४ चिप्लेढुङ्गामा नयाँ शाखाको शुरु गदै कारोबार शुरु गरेको छ ।

शाखाको समुद्घाटन आइतबार एक समारोह बिच पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले गरेका हुन ।

चुक्ता पूँजी ८० करोड १ लाख रहेको फाइनान्सले काठमाण्डौंको तिनकुनेमा कर्पोरेट कार्यालय रही न्यूरोडमा मूख्य शाखा सहित तीनवटा शाखा र ललितपुरको पूल्चोक, महालक्ष्मीस्थान तथा भक्तपुरको थिमिमा एक्सटेन्सन काउण्टर मार्फत निरन्तर बित्तीय सेवा प्रदान गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत बिशाल हुमागाईले बताए ।

देशका सबै भूगोलको प्रतिनिधित्व हुनेगरी शाखा बिस्तारको योजना राखेकोफाइनान्सलेनिकट भविष्यमा धनुषा जिल्लाको सबैला, महेन्द्रनगर र सर्लाहिको मलंगवामा नयाँ शाखा संचालनमा ल्याउने योजना रहेको फाइनान्सका अध्यक्ष किशोर कुमार महर्जनले बताए । बित्तीय क्षेत्रमा सरल, सहज र ग्राहकमुखी सेवालाई बढी प्राथमिकतामा राखीबैंकिङ सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको अध्यक्ष महर्जनले बताए ।

शाखाको शुभारम्भ कार्यक्रममा पोखरा महानगर वडा नं ४ का अध्यक्ष शंकरप्रसाद वास्तोला, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, ज्यापु समाज यल ललितपुरका पूर्व अध्यक्ष कुललाल डंगोल, रामकाजी अवाले, पूर्व उपाध्यक्ष तीर्थलाल महर्जन, प्रोग्रेशिभ फाइनान्सका संचालक लक्ष्मी प्रसाद महर्जन, शम्भुलाल डंगोल, समुन्द्रकाजी श्रेष्ठ, सबिना महर्जन तथा अनिष महर्जन,फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत महेश्वर पहारी लगायत पोखरा बैकिङ्ग क्षेत्रकाप्रमुख, उद्योगी, ब्यापारी, संचारकर्मी र सर्वसाधारण व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको फाइनान्सकाप्रमुख कार्यकारी अधिकृत बिशाल हुमागाइले बताए ।

Get real time updates directly on you device, subscribe now.

Loading...