सातौ हेमजा आलु महोत्सवको तयारी पुरा

पोखरा, २१ चैत/ आलु गाँउका रुपमा परिचित हेमजामा हुन लागेको सातौं हेमजा आलु महोत्सवको तयारी पुरा भएको छ।
महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ महोत्सव मुल आयोजक समितिका संयोजक रमेश कार्कीले भने–गठिन विभिन्न उपसमितिले आ–आफ्नको तयारी पुरा गरेका छन्।
किसानहरुको महोत्सव भएकोले महोत्सवलाई सव्य र भव्य वनाईदिन उनले सवैलाई आग्रह गरे । महोत्सवको उद्घाटन मह जोडि हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। महोत्सव उद्घाटन अघि हमेजाको मिलनचोकबाट विहान नौ वजे विभिन्न झाकी सहितको ¥याली निकालिने कार्कीले जानकारी दिए ।

महोत्सवलाई सव्य र भव्य बनाउनका लागि उद्घाटन अघि झाकि निकालिने भएको छ उनले भने– सम्पूण संघ संस्थालाई झाकि सहित उपस्थित हुन म आग्रह गर्दछु । महोत्सवमा आलुको मुल्य ३२ रुपैया कायम गरिएको कार्कीले जानकारी दिए । महोत्सवमा प्लािष्टक झाला तथा गिलास पूर्ण रुपमा निषेधित गरिएको छ। महोत्सवमा आलुका परिकार वनाउन समेत सिकाई व्यवस्था मिलाईएको आयोजकले जनाएको छ।

सुन्दर ठाउँ हेमजा जाऊ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव चैत्र २३ गते देखि ३० गते सम्म हेमजाको विष्णुपादुका खेलमैदानमा हुने छ। विविध कृषि उत्पादनको प्रवद्र्धन तथा कृषि पर्यटनको प्रचार प्रसारका गर्ने उद्देश्यले महोत्वको आयोजना गरिएको हो।

महोत्सवमा १२ वटा आलुका परिकार स्टल ५० वटा व्यवसायी स्टल ३० वटा कृषी प्रविधि प्रदर्शनी १ वटा प्राथमिक उपचार केन्द्र र १ वटा सुचना केन्द्र ९४ वटा स्टल रहने स्टल व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र थापाले जानकारी दिए।
महोत्सव सम्पन्न गर्नका लागि २३ लाख २६ हजार खर्च लाग्ने अनुमान गरिएको महोत्सव मुल आयोजक समितिका कोषाध्यक्ष महेन्द्रसिंह थापाले जानकारी दिए।

महोत्सवको आकर्षणमा आलु तथा ताजा तरकारीहरुको वृहत प्रदर्शन आलुको ठुलो पहाड निर्माण, आलुको विभिन्न परिकारहरु, ताजा तरकारी प्रदर्शन, वाल उद्यान, विविध साँस्कृतिक कार्यक्रम, लोक दोहोरी तथा साँगितिक समूहको प्रस्तुति, स्थानीय भेषभुषा झल्कने साँस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, चर्चित हाँस्य कलाकारहरुको वेजोड प्रस्तुति, जापानीज सुन्तलाको प्रदर्शनी, कृषि प्रदर्शनको अनुगमन, विभिन्न कृषि विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनीह, महिलाहरुको कृषि गीत प्रतियोगिता संचालन गरिन प्रचार प्रसार उपसमिति संयोजक परशुराम अधिकारीले जानकारी दिए । महोत्सवमा सेति नदी ¥याफ्टि· जीपलाइन फ्लायर÷बन्जी जम्प, प्याराग्लाईडि· टिकट उपलब्ध गराइने व्यवस्था मिलाईएको आयोजकले जनाएको छ।

कमेन्टहरु
Loading...