हेमजा आलु महोत्सवमा सहभागिता बढ्दै

पोखरा, २५ चैत /हेमजा स्थित विष्णुपादुका क्लवको आयोजनामा शुक्रवारदेखि सुरु दशौं राष्ट्रिय हेमजा आलु महोत्सवमा दर्शक सहभागिता बढ्दै गएको छ ।

महोत्सव मध्यतिर आइरहदाँ दर्शक सहभागिता बढदै गएको हो ।सुरुका दुई दिन मौसम प्रतिकुलताका कारण दर्शक सङख्यामा कमी भएपनि आइतवार भने दर्शकको सहभागिता बाग्लो देखिन्थ्यो ।

आइतवारसम्म कुल आठ हजार दर्शकले महोत्सव अवलोकन गरेको स्वयम् सेवक परिचालन उपसमितिका संयोजक राजेन्द्र थापा(गौरव)ले जानकारी दिए ।

महोत्सवलाई आइतवार सम्बोधन गर्दै प्रमुख अतिथी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन तरकारी वाली कास्कीका वरिष्ठ कृषि अधिकृत वसन्तकुमार श्रेष्ठले हेमजा आलु गाउँले परिचित रहेको चर्चा गर्दै आलुमा हुने विभिन्न संक्रमण रोक्नका लागि हेमजावासीले दुई,चार वर्षको अन्तरालमा आलुको जात परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

उनले कास्कीको तरकारी खेतीमा गाँठो रोगको प्रकोप बढ्न सक्ने औँल्याउँदै त्यसप्रति सचेत बन्न किसानलाई आग्रह पनि गरेका थिए। महोत्सव अन्र्तगत आइतवार लोकदोहोरीतर्फ कलाकार रामजी खाँड, जीवन दाहाल, कृष्ण अखेली, तारापति सुवेदी, अमर धिताल, प्रदिप त्रिपाठी, सीता केसी, लक्ष्मी नेपाली, माया गुरुङ, हास्यतर्फ दिपक थापाले मनोरञ्जन दिएका थिए ।

त्यस्तै रत्यौली प्रतियोगिताले निरन्तरता पाएको थियो भने राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिता पनि आइतवारबाटै सुरु भएको सांस्कतिक उपसमिति संयोजक सुर्यबहादुर कुँवरले जानकारी दिए ।

महोत्सवमा सोमवार प्रकाश सपुत, जीवन दाहाल रामजी पौडेल, केशव घिमिरे, सन्तोष सुवेदी, , तारापति सुवेदी, प्रेमराज अधिकारी, परशुराम अधिकारी, शिवहरी ढुङगाना, ज्योति लोहोनी, अनिता पन्त, माया गुरुङ लगायतको प्रस्तुति रहने आयोजक विष्णुपादुका क्लवले जनाएको छ ।

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गरिएको हो ।

महोत्सवको आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता, राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हाँस्य कलाकारहरुका प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी ,र्टकीको बिक्रीवितरण तथा प्रदर्शनी लगायत रहेका छन् ।

मूल आयोजक समितिका संयोजक कृष्णबहादुर खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रम महासचिव वसन्तकुमार श्रेष्ठ र कलाकार जीवन दाहालले संयुक्त रुपमा संचालन गरेका थिए ।

हेमजामा दशौं आलु महोत्सव शुरु

कमेन्टहरु
Loading...