हेमजामा दशौं आलु महोत्सव शुरु

सागर राज तिमिल्सिना
पोखरा, २२ चैत/अघिल्ला वर्षहरु जस्तै पोखरा महानगरपालिका २५ हेमजा यस वर्षपनि आलु महोत्सव शुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने नाराका साथ शुरु मेला शुरु भएको हो ।

¥यालीमा महिला, पुरुष आलु र तरकारीले नै सजिएर सहभागिता जनाए । आलु कै माला लगाए, मुलाको चस्मा लगाए भने, केराउ र आलुको माला बनाएर सजिएका देखीन्थे ।

आलु महोत्सव
आलु महोत्सव

१० दिन सम्म सञ्चालन हुने मेलाको गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले उद्घाटन गरे । महोत्सव उद्घाटन अघि हमेजाको मिलनचोकबाट विभिन्न झाँकी सहित महोत्सव स्थल पुगेको थियो । महोत्सवमा आलु ३२ रुपैया किलोमा विक्रि भएको छ । आलु मात्रै है अन्य स्टल र आलुका परिकारले सबै मन तान्दा हेम्जा बासीले उत्सब नै ठानेका छन् ।

आलु महोत्सव
आलु महोत्सव

महोत्सवको आकर्षणमा आलु तथा ताजा तरकारीहरुको वृहत प्रदर्शन आलुको ठुलो पहाड निर्माण, आलुको विभिन्न परिकारहरु, ताजा तरकारी प्रदर्शन, वाल उद्यान, विविध साँस्कृतिक कार्यक्रम, लोक दोहोरी तथा साँगितिक समूहको प्रस्तुति, स्थानीय भेषभुषा झल्कने साँस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, चर्चित हाँस्य कलाकारहरुको प्रस्तुति रहने छ ।

हेमजामा बर्षेनी झण्डै ४५० हेक्टर क्षेत्रफलमा आलु उत्पादन हुदैं आएको छ । उत्पादकत्व भने प्रति हेक्टर ५ देखि ७ टन हुदै आएको स्थानीय कृषकहरु बताउ छन् । वर्षेनी आलु उत्पादन मात्रै २१ करोड रुपैयाँको यो क्षेत्रमा हुदै आएको छ ।

आलु महोत्सव
आलु महोत्सव

‘हेमजाको आलु विषादीरहित छ । उपभोक्ताको रोजाई छ । स्वादिलो छ । छिटो पाक्छ ।’ आलु उत्पादक किसान भन्छन–‘त्यसैले उपभोक्ताले हेमजाको आलु लिन महोत्सवस्थलमै आउने गर्छन् । कोहीले घरबाटै बेचिसकेका छन् ।’ उत्पादनको लागि किसानले कुखुराको सुली मात्रै प्रयोग गर्ने गरेका छन् ।

प्राङ्गारिक मल प्रयोगले पनि विषादी रहित भएको भन्दै उपभोक्ताको पहिलो रोजाईमा हेमजाको आलु पर्ने गरेको छ । हेमजामा विशेष गरी एम.एस ४२, कुफ्रज्योति, खुमल लक्ष्मी, जनकदेव, खसमल सेतो र डेजिरे लगाएतका आलु उतपादन हुदै आएका छन् । कृषि उत्पादनको प्रवद्र्धन तथा कृषि पर्यटनको प्रचार प्रसारका गर्ने उद्देश्यले आयोजकको छ ।

पोखराको हेम्जामा आलु महोत्सव शुरु

Posted by Ganthan.com on Friday, April 5, 2019

कमेन्टहरु
Loading...