हेमजा महोत्सवमा आलुको कारोवार बढ्दो

हेमजा, २९ चैत /हेमजा स्थित विष्णुपादुका क्लवको आयोजनामा चैत २२ गतेदेखि सुरु दशौं राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ आलुको कारोवारमा बृद्घि भएको छ ।बिहीवार मात्रै दुई सय ५० बढी दर्शकले आलु किनेर लगेको झाँकी तथा खरिदबिक्री उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।

तिम्सिनाका अनुसार सुरुदेखि बिहीवारसम्ममा कुल एक हजार बढी दर्शकले आलुको कारोवार गरेको बताइएको छ । जसअनुसार हालसम्म सबैभन्दा बढी मुस्ताङका तेन्जीङ गुरुङले ७ सय ५० किलोग्राम आलु लगेको तिम्सिनाले जनाए ।न्यूनतम पाँच केजीसम्म आलु किन्न सकिने उनले बताए ।

महोत्सवमा आलु किन्नकै लागि स्याङजा, बुटलव, काठमाण्डौं, पोखरा, मुस्ताङ, कास्कीका अन्नपूर्ण र माछापुच्छे« गाउँपालिकाबाट पनि मासिनहरु महोत्सव स्थल आएको आयोजक विष्णुपादुका क्लवले जनाएको छ ।कतिपयले दर्शकले आफ्नै घरमा पर्याप्त आलु भएपनि चाख्नकै लागि आलु किनेको प्रतिक्रिया समेत दिएका छन् ।

बिहीवारसम्ममा कुल १४ लाख ५० हजार बराबरको आलुको कारोवार भएको झाँकी तथा खरिदबिक्री उपसमितिका संयोजक तिम्सिनाको भनाई छ । त्यस्तै कुल ३० हजार दर्शकले महोत्सव अवलोकन गरेको स्वयम् सेवक परिचालन उपसमितिका संयोजक राजेन्द्र थापा (गौरव)ले जानकारी दिए ।

महोत्सवमा बिहीवार लोकदोहोरीतर्फ प्रजापति पराजुली, राजु परियार, निशा पोखरेल, राजन कार्की, ज्ञानेश्वर सुवेदी, सरिता सारु मगर, गंगा त्रिपाठी, स्वस्तिका तिम्सिना तथा हास्यतर्फ राजा राजेन्द्रले प्रस्तुति राखेका थिए ।त्यस्तै रत्यौली प्रतियोगिता र राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिताले पनि निरन्तरता पाएको थियो।

महोत्सवमा शुक्रवार लोकदोहोरीतर्फ पशुपति शर्मा, सुरेन्द्र गुरुङ, जगत गौडेल, जीवन दाहाल, सीता परियार, बसन्ती थापा र परशुराम अधिकारी साथै हास्यतर्फ यमन माडसाब र बटारेका प्रस्तुतिहरु रहने सांस्कृतिक उपसमिति संयोजक सुर्यबहादुर कुँवरले बताएका छन् ।

कमेन्टहरु
Loading...