बाङ्ला जहाज दुर्घटना अपडेटः ४० को मृत्यु भएको आश‌ंका

काठमाडौ, २८ फागुन/बंगलादेशबाट काठमाडौ आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बाङ्ला एयरवेजको जहाजमा ६७ यात्रु र चालक दल ४ गरी ७१ जना मध्ये ४० भन्दा बढीको मृत्यु भएको विमानस्थलका अधिकारीले आश‌का गरेका छन् ।

दुर्घटनामा पचास भन्दा बढी यात्रुको मृत्यु भएको आश‌ंका छ । सव निकाल्ने काम अहिले पनि जारी रहको विमानस्थल स्रोतले जानकारी दिए । १७ जना घाइतेलाई उद्दार गरी एम्बुलेन्समार्फत सिभिल अस्पताल र केमएसी अस्पताल पुर्याइएको छ । अझै थप घाइतेको उद्दार कार्य जारी छ।

बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाज २ बजेर २० मिनेटमा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो। जहाज धावनमार्गबाट चिप्लिएर पूर्वपट्टि दुर्घटनामा परेको हो। दमकलको सहायताले जहाजको आगो नियन्त्रण गरिएको छ । उद्धार गरिएका पाँच नेपाली रहेको जानकारी प्राप्त भएको छ ।

कमेन्टहरु
Loading...