पोखरा तर्फ आउदै गरेको मोटरसाइकल तनहुँमा दुर्घटना हुदाँ दुईको मृत्यु

पोखरा, १२ जेठ /तनहुँको व्यास १२ देउराली अन्तरगत पृथ्वी राजमार्गमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

पोखराबाट काँकडभिट्टा जादै गरेको ना५ख ३०८२ नम्बरको बसले ना५५प १५९४ नम्बरको मोटरसाइकल ठक्कर दिदाँ मोटरसाइकलमा सवार दुई जनाको मुत्यु भएको हो ।

घाइते भएको दुई जनाको दमौली अस्पतालमा उपचारका क्रममा मुत्यु भएको हो । दुर्घटनामा परि मुन्यु हुनेमा बिरगंज पटौरा सुगौली निवासी राजा राय र धिरज चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी सोही ठाउँका भोला चौधरी र सन्जय चौधरी घाइते भएका छन् । उनीको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु पनि अर्को मोटरसाइकमा सवार रहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...