तनहुँ र म्याग्दीमा एक/ एक जना मृत फेला

पोखरा, ११ वैशाख / गण्डकी प्रदेशका तनहुँ र म्याग्दी एक एक जना मृत फेला परेका छन् । तनहुँ भानु नगरपालिका १ भन्सार बस्ने १८ बर्षिय प्रबिण गुरुङ मृत फेला परेका हुन् ।

भानु नगरपालिका ६ नाबरुङ स्थित जंगलको खोल्सामा मृत अवस्थामा फेला परेका छन् । वैशाख ९ गते भानु नगरपालिका ६ नाबरुङमा झगडा गरि भागि हराएको र आज विहान शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

उक्त झै झगडामा संलग्न १४ जनालाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

त्यसै गरि म्याग्दी बेनी नगरपालिका ८ वेष्टप्वाईन्ट बोडिङ स्कुल नजिक बेनी गलेश्वर सडक खण्डको साईडमा हालसम्म नाम,थर ,वतन नखुलेको एक जनाको शव फेला परेको छ ।

अन्दाजी ३५ बर्षिय पुरुष ब्यक्ति बेहोस अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई उपचारको लागि बेनी अस्पताल म्याग्दीमा लगिएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...