स्याङ्जामा पनि देखियो कोरोना संक्रमण

पोखरा, १३ जेठ /गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण​ देखिएको छ । स्याङ्जाका दुई जनामा कोरोना संक्रमण देखिए सँगै गण्डकी प्रदेशमा संक्रमितको संङ्ख्या ७ पुगेका छ ।  जेठ १० गते भारतबाट आएर वालिङको क्वारेन्टायममा बसेका  २० र २९ बर्षिय दुई पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

गण्डकी अस्पताल पोखराको प्रयोगशालामा पिसिआर बिधिबाट उनिहरुको कोरोना परिक्षण भ​एको थियो । पिसिआर पोजेटिभ आएपछि उनीहरुलाई आइसोलेसनमा सारिएको छ । गण्डकी प्रदेशसभामा स्याङ्जाका सांसदले उनिहरुलाई गण्डकी अस्पतालमा ल्याएर उपचारको गराउन माग गरेका छन् ।

कमेन्टहरु
Loading...