पोखराको फुलबारीमा स्कुटर दुर्घटना हुदाँ एकको मृत्यु

पोखरा, १० फागुन/ पोखरा महानगरपालिका ११ फुलबारीमा स्कुटर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

शुक्रबार भएको ग १६ प ५५२२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको हो ।

भोजपुर रामप्रसाद गाउँपालिका ८ वार्षिखोडा घर भई हाल पोखरा महानगरपालिका ११ रानीपौवा बस्ने ३० बर्षिय काईला राई भन्ने राज कुमार राईको मृत्यु भएको हो ।

घाईते भई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

कमेन्टहरु
Loading...