पोखरा, ७ जेठ / स्याङ्जाको चापाकोट नगरपालिका ७ बनकट्टा स्थित कालीगण्डकी नदीको किनारमा शव फेला परेको छ ।
पानीमा तैरिएको अवस्थामा अन्दाजी १० वर्षको बालकको फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
बालकको हालसम्म नाम, थर, ठेगना नखुलेको प्रहरीले जानकारी दिएको छ ।
मृत अवस्थामा फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान गरीरहेको जानकारी दिएको छ ।