काठमाडौमा भएको विमान दुर्घटनामा पोखराका पौडेलको मृत्यु

सागर राज तिमिल्सिना
पोखरा, २९ फागुन /सोमबार काठमाडौमा भएको विमान दुर्घटनामा परि पोखराका एक जनाको ज्यान गएको छ । पोखरा लेखनाथ महानगरपालिका ६ जरेवरका सञ्जय पौडेलको मृत्यु भएको हो ।

युएस बंगला एयरलाइन्सको विमान दुर्घटना हुदाँ बंगलादेशस्थित जलालावाद राजीव राबिया मेडिकल कलेज एण्ड हस्पिटलमा एमविविएस सकेर नेपाल फर्किदै गरेका पौडेलको मृत्यु भएको हो । उनका बाबु सञ्जयलाई लिन काठमाडौ विमानस्थलमा पुगेका थिए । उनका बाबु दामोदर पौडलले पोखराको लेकसाइडमा व्यावसाय गर्दै आएका छन् ।

सञ्जय एक मात्र छोरा हुन् । माछापुच्छे गाउँपालिका ६ धिताल घर भएका दामोदर उनका दुई भाई सहित पोखरामा लामो समय देखि व्यवसाय गर्दै आएका छन् । सञ्जय पोखराका मदरल्याण्ड माविबाट एसएलसि पास गरेका थिए भने सगरमाथा मा विमा साइन्स पढेका थिए ।

कमेन्टहरु
Loading...