स्याङ्जामा १० दिनदेखि हराएकी किशोरी मृत फेला

स्याङ्जा, २८ कात्तिक/ स्याङ्जा र पर्वतको संगमस्थल सेतीवेणीस्थित शिलामा पूजा गर्न गएकी १६ वर्षे किशोरीको शव १० दिनपछि फेला परेको छ ।

गल्याङ ५ सालबुट्टाकी निशा भुसाल कात्तिक १७ गतेदेखि बेपत्ता थिइन् । गल्याङ नगरपालिका ५ आँधीमुहानस्थित कालीगण्डकी नदी किनारमा शव भेटीएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

लुगा तथा हुलियाको आधारमा उनको सनाखत भएको थियो । घटनास्थल र शवजाँच मुचुल्का गरी पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...