सिन्धुपाल्चोकमा बस दुर्घटना हुदाँ १३ जनाको मृत्यु

सिन्धुपाल्चोक, २९ मंसिर /दोलखाको कालिन्चोकबाट भक्तपुर तर्फ आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १९ जना घाइते छन् ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोबाट बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेको धुलीखेल लगायतका अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । आइतबार बिहानसडकबाट करिब ५ मिटर तल खसेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...