ड्युटी सकेर सुतेका प्रहरी हवल्दार मृत भेटिए

काठमाडौं, २५ वैशाख / ड्युटी सकेर सुतेका जिल्ला प्रहरी कार्यालय सप्तरीमा प्रहरी हवल्दार मृत भेटिएका छन् ।

उदयपुरका ३६ वर्षीय रामबहादुर मगर बुधबार राति स्ट्यान्डबाई ड्युटी गरेर सुतेका थिए । बिहीबार बिहान भने उनी मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

उनको शव पोष्टमार्टमका लागि राजविराजस्थित सगरमाथा अस्पतालमा राखिएको सप्तरीका डिएसपी तिलक भारतीलले जानकारी दिए ।

पोष्टमार्टम पछि मात्रै मृत्युको कारण पोष्टमार्टम पछि मात्रै थाहा हुने उनले बताए ।

कमेन्टहरु
Loading...