पोखरामा महिलाको हत्या गरी शव जंगलमा, दुई टुक्रा परेको अवस्था शव फेला !

पोखरा, २९ माघ / पोखरा महानगरपालिका – १३ आर्बामा क्षत विक्षत अवस्थामा एक महिलाको शव फेला परेको छ । आर्बा साझाँ बस्ति नजिकैको जंगलमा सोमबार साझँ एक महिला दुई टुक्रा भएको शव भेटिएको हो ।

करिब ३५ बर्षिय महिलाको शव २ टुक्रा पारेर फालिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । दाउरा काट्न जादा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेको थिए ।

स्थानियले शरिर जमिनमा र आधा शरिर बोरामा राखेर फालिएको अवस्थामा शव फेला परेको बताए । महिला को हुन् र कसरी यस्तो भयो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको प्रकृति हेर्दा हत्या गरेर फालेको हुन सक्ने कास्कीका प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए । उनले शव क्षत विक्षत अवस्थामा भएका कारण को हो भन्ने पहिचान हुन नसकेको बताए । शवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखीएको छ ।

कमेन्टहरु
Loading...