पोखरामा स्कुल बसको ठक्करले अविभावकको ज्यान गयो

पोखरा, ८ पुस / पोखरामा स्कुल बसको ठक्करले अविभावकको ज्यान गएको छ । पोखरा महानगरपालिका १७ पार्दी स्थित बालोदय बोर्डिङ स्कुलको बसले विद्यालयमा अध्यनरत विद्यार्थीका अभिभावकलाई ठक्कर दिदा घटनास्थल मै ज्यान गएको हो ।

पोखरा १७ मा बस्दै आएकी पर्वत कुश्माकी २६ बर्षीया सरिता पौडेल (सुवेदी) लाई ग१ख २४९९ नम्बरको बसले ठक्कर दिँदा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

कक्षा १ मा अध्यनरत छोरीलाई मंगलबार बिहान स्कुल बसमा चढाएकी थिइन् । विस्तारै गुडेको बसबाट झर्ने क्रममा उनी लडेपछि बसको पछाडीको टायर उनीमाथिबाट गएको थियो ।

सहचालकले बसको ढोकाबाट पौडेल खेसको देखेपनि रोकन इसारा नगर्दा महिलाको ज्यान गएको प्रत्येक्ष देखेकाले बताएका छन् ।

स्कुल बस चालक धरान सुनसरीका रविन बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

पौडेलको सव पोष्टमार्टका लागि पोखरा स्वाथ्यविज्ञान प्रतिष्ठानमा राखीएको छ ।

https://www.youtube.com/watch?v=6lnh1NHqrI0

कमेन्टहरु
Loading...