पोखरामा श्रीमतीको प्रहारले श्रीमान्को मृत्यु

पोखरा, ९ साउन / पोखरा महानगरपालिका १६ गोष्टे स्थित शिवालय ठाँटी समाज घरमा बस्ने ५० बर्षिय सुक राम परियारको मृत्यु भएको छ ।

बुधबार साझँ सुकराम परियार र निजकी श्रीमती सिता परियार बिच झगडा हुदा श्रीमतीले धारिलो हतियार दाउले प्रहार गर्दा सुकराम घाइते भएको थिए ।

घाईते भई मातृशिशु अस्पताल पोखरामा उपचार पश्चात घर लगेकोमा बिहीबार सुकराम मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनको मृत्यु भएपछि तत्कालै प्रहरी टोलीले श्रीमती सिता परियारलाई नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भई रहेको छ ।

कमेन्टहरु
Loading...