पोखराको सराङकोटमा २ जनाको हत्याआरोपी पक्राउ

सागर राज तिमिल्सिना
पोखरा, २० पुस /पोखरा लेखनाथ महानगरपालिका १८ सराङकोटमा निर्माणधीन एक होटलमा भएको हत्या घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरि सार्वजनीक गरेको छ । दुई जनाको हत्या र एक जनाको गम्भीर घाइते हुने गरि भएको घटनाको हत्या आरोपमा प्रहरीले धनकुटाबाट पुर्णबहादुर लिम्बुलाई पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई कास्की प्रहरीले बिहीबार नै पत्रकार सम्मेलन गरी सार्वजनीक गरेको छ ।

पुस १४ गते राती पोखरा लेखनाथ महानगरपालिका १८ सराङकोटको निमार्णाधिन माउन्टेन रिसोर्ट एण्ड स्पामा काम गर्ने भोजपुर जिल्ला षडान्द नगरपालिकाका १९ बर्षिय निमा शेर्पा र ३७ वर्षका आङलाक्पा शेर्पालाई घनले टाउकोमा प्रहार गरी हत्या भएको थियो । गम्भिर घाइते २७ बर्षिय आङादावा शेर्पाको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ । हत्या आरोपी पुर्णबहादुर लिम्बुलाई सार्वजनीक गर्दै कास्कीका प्रहरी प्रमुख अशोक सिंहले मोवाइल चोरेको ओपको प्रतिसोध साध्न हत्या गरेको बताए ।

धनकुटाबाट पुर्णबहादुर लिम्बुलाई पक्राउ गर्ने कास्की प्रहरीका सहायक प्रहरी निरिक्षक सन्तोष सुबेदी विचमा
धनकुटाबाट पुर्णबहादुर लिम्बुलाई पक्राउ गर्ने कास्की प्रहरीका सहायक प्रहरी निरिक्षक सन्तोष सुबेदी विचमा

चार दिन आगाडी आङादावा शेर्पाको मोवाइल हराएको थियो । हराएको मोवाइल पुर्णबहादुरले चोरेको भन्दै आरोपल लगाए पछि उनले हत्याको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको सिंहले बताए । उनले चोरी गरेको मोवाइल सोही दिन फिर्ता दिएका थिए । एक महिना देखि उनीहरु सो ठाउँमा सगैँ काम गर्दै आएको थिए । हत्या पछि भागेर धनकुटा पुगेको लिम्बुलाई कास्की प्रहरीबाट साहेक निरिक्षक सन्तोष सुबेदी सहितको टोलीले पक्राउ गरेको हो । सुबेदीका अनुसार उनी दुई दिन पछि भारतको केरालामा कामका लागि जाने तयारीमा रहेको बताए । उनले धनकुटाको छतरजोरपाटी गाउँपालिका ५ मा रहेको उनको घर नजिकैबाट पक्राउ गरेको बताए ।

घाइते आङादाना शेर्पा
घाइते आङादाना शेर्पा

निमा शेर्पा काठमाडौमा कक्षा ११ मा पढ्दै गरेका विद्यार्थी हुने भने आङादाना शेर्पा र आङलाक्पा शेर्पा विदेश जान घरबाट काठमाडौ आएका थिए । उनीहरु चार जना धरानबाट बसमा सगैँ आउदा चिनजान भएको थियो । १४ गते हत्या भए पनि पुस १६ गते मात्रै हत्याभएको रहस्य खुलेको थियो ।

१६ गते अवेरसम्म मजदुर काममा नआएपछि उनीहरुको खोजी सुरु गरिएको थियो । निर्माणाधीन भवनमा काम गर्ने अन्य मजदुरले आफ्ना साथीहरुको खोजी गरेका थिए । सुतिरहेको कोठामै २ जनालाई मृत अवस्थामा र १ जनालाई घाइते अवस्थामा भेटाएका थिए ।

कमेन्टहरु
Loading...