पोखरामा मानन्धर मृत फेला

पोखरा, ११ पुस / पोखरामा जनकपुरका एक व्यक्ती मृत फेला परेका छन् ।

जनकपुरको धनुषा गोदार नगरपालिका २ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोड स्थित डेरा गरी बस्ने ६४ बर्षिय रामकाजी मानन्धर मृत फेला परेका हुन् ।

डेरा कोठा नजिकै शौचालयमा घोप्टो परी मृत अवस्थामा भेटिएका थिए । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...