पोखरामा रुखबाट खस्दा एक जनाको मृत्यु

पोखरा, २९ वैशाख/ पोखरा महानगरपालिका १३ आर्वामा एक जना रुखबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

पोखरा १३ बस्ने ६१ बर्षिय गजेन्द्र बहादुर बराल घर नजिकै दवाङ खोला भन्ने स्थानमा पाखुरीको रुखबाट खस्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

रुखबाट खसेका उनको घाईते भई उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल उपचारका लागि लैजादा डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...