ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्वास्थ्य चौकीकै कर्मचारीको मृत्यु

पोखरा, २९ फागुन /ट्रकले स्कुटरलाई ठक्कर दिँदा बुधबार तनहूँमा एकजनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् ।

म्याग्दे गाउँपालिका ४ मनपाङमा ग १ ख ४८५६ नम्बरको ट्रकले ग १ प १८६५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडी सवार रहेकी प्रतिक्षा भण्डारीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाईते भण्डारीको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी तनहुँको थर्पु स्वास्थ्य चौकीमा कार्यरत थिईन् । घाईते स्कुटर चालक ३५ बर्षकी दुर्गा अधिकारीको उनको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।

कमेन्टहरु
Loading...