पोखराको छोरेपाटनमा मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दियो

पोखरा, २१ बैशाख /पोखरा महानगरपालिका १७ छोरेपाटन स्थित बालोदय चोकमा मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिएको छ ।

ग ७ प ४६२७ नम्बरको मोटरसाईकलले पैदलयात्री ८० बर्षिया मंगली रानाभाटलाई ठक्कर दिंदा घाईते भएकी छन् ।

उनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यलयले जानकारी दिएको छ ।

प्रहरीले चालक र मोटरसाईकल नियन्त्रणमा लिई घटनाको बारेमा थप अनुसन्धान गरी रहेको जनाएको छ ।

कमेन्टहरु
Loading...