पोखराको मालेपाटनमा दुर्घटना

पोखरा, २७ असोज / पोखरा महानगरपालिका ५ मालेपाटन स्थितमा दुर्घटना भएको छ ।

ग ६ प १३३४ नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्री पोखरा महानगरपालिका ५ पर्स्याङ बस्ने ५५ बर्षकी चिज कुमारी गुरुङ र ग ६ प १३३४ नम्बरको मोटरसाइकलमा पछाडी सवार पोखरा महानगरपालिका ५ जिरो किमि बस्ने ४२ बर्षियकी सारदा आचार्य घाईते भएका छन् ।

उनीहरु दुवै जनाको पोखराको गण्डकी अस्पतालमा उपचार भएको छ ।

कमेन्टहरु
Loading...