पोखरामा छोराको हत्या र श्रीमतीलाई चक्कु प्रहार गरी आत्महत्याको प्रयास

सागर राज तिमिल्सिना
पोखरा, ३० जेठ /पोखरामा एक व्यक्तिले छोरा र श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्याको प्रयास गरेका छन् । पोखरा लेखनाथ महानगरपालिका १५ रामबजारस्थित कालिका मार्ग घर भएका रामजी घलेले चक्कु प्रहार गर्दा ११ बर्षिय छोरा ज्ञापन घलेको मृत्यु भएको छ भने श्रीमती ३१ वर्षीया सुमित्रा घले गम्भीर घाइते भएकी छन् ।

छोरा र श्रीमतीलाई चक्कुले प्रहार गरेपछि रामजीले आत्महत्याको प्रयास गर्दा घाईते भएको प्रारम्भीक अनुसन्धानले देखाएको कास्कीका प्रहरी प्रमुख ओमबहादुर रानाले बताए । हत्या प्रयासबाट श्रीमती सुमित्रा गम्भीर घाइते भएकी छन् । गर्भवती उनको पेटमा रहेको बच्चा अप्रेसन गरे निकालीए पनि मृत्यु भएको प्रहरीको भनाई छ ।

पोखरामा महिला उद्यमी मेला
पोखरामा महिला उद्यमी मेला

श्रीमान् श्रीमती बिच भनाभन भएपछि रामजीले तरकारी काट्ने चक्कु निकालेर श्रीमतीको घाँटीमा प्रहार गरे । लगत्तै छोरा ज्ञापन घलेको कोठामा पसेर उनको पनि चक्कुले घाँटी रेटेको प्रारम्भी अनुसन्धानले देखाएको रानाको भनाई छ ।

रामजीले छोराको हत्या प्रयास गरेपछि सुमित्राले हार गु्हार गरेपछि छिमेकीहरु आएका थिए । छिमेकीले हेर्दा मृत छोराको शव नजिकै रामजीले आफ्नो घाँटी रेटेर आत्महत्याको प्रयास गरेका स्थानीय वासिन्दाले बताए ।

रामजीको मणिपाल शिक्षण अस्पताल पोखराको आसियु कक्षमा उपचार भइरहेको छ । श्रीमती सुमित्राको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दियो । घट्नालगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका पछि राति नै वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरिक्षक दीपक केसीको नेतृत्वको टोली पुगेको थियो ।

कमेन्टहरु
Loading...