पोखराको चरक मेमोरियल अस्पतालको सिसा फोडेर विरामी हाम फाल्दा …….

पोखरा, २९ चैत /पोखराको नयाँबजारमा रहेको चरक मेमोरियल अस्पतालमा आइसियु कक्षमा उपचार गरिरहेका युवराज गुरुङ सिसा फोरेर हाम फाल्दा गम्भीर घाइते भएका छन् ।

लम्जुङ घर भइ पोखरा रामबजार बस्दै आएका ३० वर्षिय युवराज गुरुङ बिहीबार तिन तलामाथी रहेको आइसियु कक्षको सिसा फोडेर हाम फालेका थिए ।

गुरुङको टाउकोमा गम्भीर चोट लागेको छ । उनको आइसियु कक्षमा उचार भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ । गुरुङ केही दिन देखी अस्पतालको आइसियु कक्षमा उपचाररत रहेको अस्पतालले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...