पोखरामा कार दुर्घटना

पोखरा, ६ पुस/ पोखरा महानगरपालिका ६ हल्लनचोकबाट सृजना चोक तर्फ जादै गरेको कार दुर्घटना भएको छ ।

ग १ च ९६९९ को कार आफै अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किदा दुर्घटना भएको हो । कार दुर्घटनाम परि ५ जना घाइते भएका छन् ।

कार चालक काठमाण्डौं बालुवाटार बस्ने २१ बर्षिय किशोर भण्डारी, पोखरा महानगरपालिका ११ फुलबारी बस्ने वर्ष २२ को रेश आले, २३ बर्षिय भेष आले, ३३ बर्षिय विनोद शाह र पोखरा १५ रामबजार बस्ने २३ बर्षिय आयुष राना रहेका छन् ।

उनीहरुको पोखरा गण्डकी मेडिकल कलेज पोखरा उपचार भएको छ ।

कमेन्टहरु
Loading...