पोखरामा बस दुर्घटना हुदाँ ७ जना घाईते

पोखरा, १५ जेठ/पोखरा महानगरपालिका २६ बिजयपुर स्थितमा तालचोकबाट पोखरा आउदै गरेका सवारी साधन दुर्घटना हुदाँ ७ जना घाईते भएका छन् ।

पोखरा तर्फ आउदै गरेको ग १ ज ३९९१ नम्बरको माईक्रोले अगाडीको मोटरसाईकललाई जोगाउन अचानक ब्रेक लगाउँदा पछाडिबाट आईरहेको ना ६ ख ३५४० नम्बरको मिनिबस र त्यसको पछाडी ना ५ ख २१८० नम्बरको बस ठोकिन गई दुर्घटना हुँदा भएको हो ।

दुर्घटनामा परि रुपा गाउँपालिका ५ की १७ वर्षिय निकिता गुरुङ, पोखरा महानगरपालिका ३२ का ३० वर्षिय देवी भुजेल, अन्नपुर्ण गाउँपालिका ३ बस्ने ४० वर्षिय सञ्जु गिरी, पोखरा महानगरपालिका १२ बस्ने ७५ वर्षिय मैया थापा, माछापुच्छ्रे गाउँपालिका ३ बस्ने ५० वर्षिय मन कुमारी राना, २५ वर्षिय मिना शाही र २७ वर्षिय रिना शाही घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको पश्चिम क्षेत्रीय अस्पताल पोखरा उपचार भएको छ । प्रहरी टोलीले बस र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...