स्याङजाबाट पोखरा आउदै गरेको ट्याक्सी दुर्घटना

पोखरा, १३ चैत/स्याङ्जा पुतलिबजार नगरपालिका १० सुम्रेखोला स्थित सिद्धार्थ राजमार्गमा पोखरा आउदै गरेको ट्याक्सी दुर्घटना भएको छ । सडकको साईडमा रोकि राखेको ग१क ३६३८ टिपरमा वालिङबाट पोखरातर्फ आउंदै गरेको ग१ज३४३९ ट्याक्सी अनियन्त्रित भई ठोक्किदा ट्याक्सिमा सवार चालक सहित ५ जना घाईते भएका छन् ।

घाईते मध्यका २ जनालाई मणिपाल अस्पताल पोखरा रिफर गरीएको छ भने ३ जानको जिल्ला अस्पताल स्याङजामा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । घाईते हुनेमा ट्याक्सी चालक स्याङंजा वालिङ नगरपालिका ८ बस्ने वर्ष ५० को थान बहादुर मगर, र सोहीस्थानका २५ बर्षिय भानु मगर रहका छन् उनीहरुको स्याङजामा उपचार हुन नसके पछि पोखराको मणिपाल अस्पतालमा उपचार भईरहेको छ ।

त्यसै गरि घाइते हुनेमा पोखरा लेखनाथ महानगरपालिका ५ पस्याङका धन कुमारी कुँवर, पर्बतको हातेमालो गाउँ पालिका ४ की ७४ बर्षिय गौमति राना र ५२ बर्षकी दुर्गा कुमरी राना रहेका छन् । उनीहरुको जिल्ला अस्पताल स्याङजामा उपचार भइरहेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...