पोखराको जिरो किलोमिटरमा सवारी दुर्घटना

पोखरा, ३ चैत / पोखरा महानगरपालिका ५ जिरो किलोमिटरमा दुर्घटनामा परेको छ ।

गएराति जिरोबाट लेकसाईडतर्फ जाँदै गरेको ग ३ च २५८९ नम्बरको कारलाई सोही दिशाबाट आउँदै गरेको ग ५ प २३६४ नम्बरको स्कुटरले पछाडीबाट ठक्कर दिदा एक जना घाइते भएका छन् ।

स्कुटर चालक जिल्ला पर्वत घर भई हाल पोखरा महानगरपालिका १४ चाउथे बस्ने २६ बर्षिय गोपाल नेपाली घाईते भई उपचारको लागि मेट्रोसिटि अस्पताल लगेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई दुबै सवारी साधनलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...