पोखरा जीपले ठक्कर दिदाँ बालिकाको मृत्यु

पोखरा, २५ पुस / पोखराको लेखनाथमा जीपको ठक्करले एक बालिकाको मृत्यु भएको छ । पोखरा २६ कालिका चोकमा ग २ च २७१८ नम्बरको जीपले ठक्कर दिँदा तनहूँ घर भई कालिका चोक बस्ने २ वर्षीय प्रिन्सेस विकको मृत्यु भएको हो ।

दुर्घटनाबाट घाइते विकको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले जीप र चालकलाई नियन्त्रणमा लिएको छ ।

त्यसै गरी तनहूँको घिरिङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । दुर्घटनाप्रति गण्डकी प्रदेश सरकारले दुस्ख व्यक्त गरेको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

कमेन्टहरु
Loading...