ट्याक्सी ठक्कर दिएर भाग्दा मोटरसाइकलसँग ठोकियो

पोखरा, ११ वैशाख /सवारी चालक अनुमति पत्र नै नभएका एक युवकले एक पछि अर्को सवारी ठक्कर दिँदा भाग्दै गर्दा आफू समेत घाईते भएका छन् । महेन्द्रपुलबाट पृथ्वीचोक तर्फ जादै गरेको ग ४ प ७४२५ नम्बरको स्कुटर चालक विवेक कँडेलले अगाडि गुडिरहेको ट्याक्सीलाई पछाडिबाट ठक्कर दिएका थिए ।

ट्याक्सी चालकले रोक्न खोज्दा खोज्दै झनै स्पीड बढाएर भागेका विवेकले रोजिना अफसेट प्रेसतर्फ मोडिन लागेको ग १० प ४८६३ नम्बरको स्प्लेन्डर मोटरसाइकलाई ठक्कर दिएको थियो । बाइकका चालक रोशन श्रेष्ठलाई चोट लागेको छ । स्कुटरमा क्षति पूगेको छ भने ट्याक्सी समेत कुच्चिएको प्रहरीले जानकारी दिएको छ ।

विवेकको लाइसेन्स नभएको खुलेको छ । सोहि कारण उनी भाग्दा अर्कोलाई ठक्कर दिन पुगेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...