पोखराको शिव चोकमा दुर्घटना, एकको मृत्यु एक घाइते

पोखरा, ३ फागुन /पोखरामा १० शिव चोकमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । नम्बर नखुलेको हाईसले ग११प ६१४० नम्बरको मोटर साइकललाई ठक्कर दिदा मोटर साइकल चालकको मृत्यु भएको हो । हाईसले ठक्कर दिए पछि मोटरसाइकल ना१क ३९१० को लहरीमा ठक्कर खाएको थियो ।

दुर्घटनामा परि पर्वत लेखफाटँ ५ घर भई हाल पोखरा १४ चाउथे बस्ने २३ बर्षिय उमेश पौडेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते पौडेलको अन्नपुर्ण अस्पतालमा उपचार हुन नसके पछि पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान उपचारका लागि पठाएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानका डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । उनी सबै मोटर साइकलमा सवार सोही ठाउँका २३ बर्षिय बिजय पौडेल घाइते भएका छन् । लहरी, मोटरसाइकल, लहरी चालकलाई बुधबार नै प्रहरीले नियन्त्रणमा लिएको छ भने हाईसको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...