उत्तमचोकमा अपरिचित समूहद्वारा पेट्रोल बम प्रहार

पोखरा, २८ बैशाख /पोखरा लेखनाथ महानगरपालिका १० उत्तम चोकमा अपरिचित समूहले पेट्रोल बम प्रहार गरेको छ । बिहिबार बेलुका अक्षर नखुलेको ४४४६ नम्वरको मोटरसाइकलमा  आएका २ जनाले नेकपा एमाले पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १० को चुनाव प्रचारप्रसर समितिले प्रयोग गरेको ग १ ज २५११ नम्वरको भ्यानलाई लक्षित गरेर पेट्रोल बम प्रहार गरेको बताईएको छ ।  भ्यानमा भने कुनै क्षति भ​एको  छैन ।यस सम्बन्धी थप बिबरण आउन बाँकी रहेको छ ।

यसअघि बिहिबारै  दिउँसो पोखरा लेखनाथ महानगरपालिकाको मध्यभागमा पर्ने बिजयपुर खोलाको पुलमा पनि ​अपरिचित समूहले पेट्रोल बम प्रहार गरेको थियो ।कांग्रेसको चुनावी प्रचारका लागि पोखराबाट लेखनाथतर्फ गइरहेको बा ३ ख १४८३ नम्बरको जीपलाई लक्षित गरेर बम प्रहार भएको हो । अपराहृन करीब ३ बजे भएको घटनामा कुनै क्षेति नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घटना विप्लव माओवादीले गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

कमेन्टहरु
Loading...