पाल्पामा जन्ती सवार जीप दुर्घटना , ५ जनाको मृत्यु

पाल्पा, १६ बैशाख /पाल्पामा जन्ती सवार जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । पाल्पाको निस्धी गाउँपालिका–७ मा जन्ती सवार जीप दुर्घटना हुँदा चालकसहित ५ जनाको घटनास्थलमै ज्यान गएको हो । मृत्यु हुनेमा निस्दी गाउँपालिका–७ का खडगबहादुर सोमै, देवलाल खनगाह, लालबहादुर सारु, सन्तबहादुर सारु र बुद्धिवल क्षेत्री छन ।

भेलपानीबाट हुवासतर्फ जाँदै गरेको लु १ ज १९४१ जीप सोमबार अपरान्ह साढे ५ बजे अनियन्त्रित भइ सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ  । जीपमा ६ जना सवार रहेको र एकजना सकुशल रहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...