पर्सा, २४ मंसिर/ वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ शिवनगर नयाँ टोलमा सडेको अवस्थामा आमा–छोरीको शव फेला परेको छ ।
मोहन झाको घरमा डेरा गरेर बस्दै आएका बारा कलैया उपमहानगरपालिका वडा नम्बर २६ सिसुवा महेशपुरका पवन साहकी अन्दाजी २२ वर्षीया श्रीमती र अढाई वर्षकी छोरी मृत भेटिएका हुन् । आमा–छोरी दुवैको शव कुहिएको अवस्थामा फेला परेको छ ।
घरमा दुर्गन्ध फैलिएपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोकाको ताल्चा फुटाएर हेर्दा कुहिएको अवस्थामा शव भेटिएको थियो ।
शव कपडाले बेरेर राखिएको थियो । घटनास्थलको प्रकृति हेर्दा केही दिन पहिले नै हत्या गरेर देखिको देखिएको प्रहरीले जनाएको छ । श्रीमान् पवन भने फरार छन् ।