पोखराबाट तनहुँ जादै गरेको मोटरसाइकल ठक्कर दिदा १ जनाको मृत्यु

पोखरा, २१ जेठ /म्याग्दे गाउँपालिका १ तल्लो गुणादी स्थित पृथ्वीराज मार्गमा पोखराबाट दमौली तर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिदा एक जनाको मृत्य भएको छ ।

प्रदेश ३-०२-००६ प २५२६ नम्बरको मोटरसाईकलले पैदलयात्री सोही ठाउँ बस्ने अंन्दाजी ६ की निशा आलेलाई ठक्कर दिंदा घाईते भएकी थिइन् ।

घाइते उनको उपचारको लागि रत्नहरी अस्पताल दमौली लगिएकोमा डाक्टरले मृत घोषणा गरेका छन् ।

ठक्कर दिने मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...