ठूलो मात्रामा लागु औषधसहित म्याग्दीमा एक जना पक्राउ

पोखरा, ३ पुस/ ठूलो मात्रामा लागु औषधसहित म्याग्दीमा एक जना पक्राउ परेका छन् । बेनी नगरपालिका ८ बसपार्कमा अनुसन्धानको क्रममा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट नुर्फिन २४ ऐम्पोल, फेनारागन २४ ऐम्पोल, डाइजेपाम २४ ऐम्पोल साथै १ थान प्रयोग गरेको सिरिन्ज गरि जम्मा ७२ ऐम्पोल लागु औषध बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने उदयपुर कटारी नगरपालिका १० का २४ वर्षिय आर्यन कार्की रहेको प्रहरीको भनाई छ । लागु औषध अन्तर्गत मुद्दा दर्ता गरि थप अनुसन्धान अगाडि बढेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...