पोखराको फुर्सेखोलामा पौडी खेल्ने क्रममा सोमबार देखी एक युवा बेपत्ता

पोखरा, २८ जेठ /पोखरा महानगरपालिका १७ फुर्सेखोलामा पौडी खेल्ने क्रममा सोमबार देखी एक युवा बेपत्ता भएका छन् ।

काठमाण्डौ घर भइ पोखराको चिप्लेढुंगा बस्दै आएका १९ बर्षीय संजिव तामाङ पौडी खेल्ने क्रममा वेपत्ता भएका हुन् ।

साथीहरुसंग सोमबार दिउसो पौडी खेल्न क्रममा बेपत्ता भएका हुन् । बेपत्ता भएपछि साथीहरुले सोमबार साँझ परिवारलाई खबर गरेका थिए ।

परिवार र प्रहरीले खोजी गरेपनि अहिले सम्म केही पत्ता नभएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...