चितवनमा पत्रकार पुडासैनी मृत भेटिए

चितवन, २१ साउन/ चितवनमा पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् । माउण्टेन टिभी काठमाडौंमा कार्यरत पुडासैनी चितवनको नारायणगढ स्थित बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएको चितवन प्रहरीले जनाएको छ ।

उनी सोमबार दिउँसो होटलमा कोठा बुक गरेर बसेका थिए तर राती खाना खान बोलाउदा लामा समय ढोका नखुले पछि होटलका कर्मचारीले राती नै प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर २ कुमरी घर भएका पत्रकार पुडासैनी हालै माउण्टेन टिभीमा काम गर्न थालेका थिए ।

उनले सो टिभीमा मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए । यसअघि उनी न्यूज २४ को सीधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए । उनका आफन्त आएपछि घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...