जीपले ठक्कर दिदा दुई जनाको मृत्यु

बाँके, १६ चैत /बाँकेको कोहलपुर नगरपालिका–३ मदनचोकस्थित पूर्व–पश्चिम राजमार्गमा जिपको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बर्दियाको ठाकुरद्वारा नगरपालिका–८ निवासी ३२ वर्षीया उषा चौधरी र बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी निवासी ३० वर्षीय लोकबहादुर शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरीले जानकारी दिए।

मृतक दुवै स्कुटी चालक हुन् । गएराति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मदनचोक नजिकै चौधरी र शाहीले चलाएको भे ५ प १४२० र भे ८ प २१६५ नम्बरको स्कुटी ठोकिएका बेला तीव्र गतिमा आएको बा १५ च २०९६ नं को स्कारपियोले दुवैलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...