पोखराका प्रहरी हवल्दार पौडेलको स्याङ्जामा गोली लागेर मृत्यु

पोखरा, १४ चैत / स्याङ्जामा गोली लागेर एक जना प्रहरीको मृत्यु भएको छ । हरिनाश गाउँपालिका २ को चिसापानी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार रवीन्द्र पौडेलको शुक्रबार मृत्यु भएको हो ।

पोखरा महानगरपालिका २६ घर भएका पौडेल चौकीको स्टोरमा काम गर्ने बेला गोली लागेर मृृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गोली लागेर घाइते भएका उनको उपचारका लागि पोखरा ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख घटनाको अनुसन्धान गर्न घटनास्थल जादै गरेको बताएको छ ।

कमेन्टहरु
Loading...