माछा मार्ने क्रममा नदिले बगाई एक जना बेपत्ता

पोखरा, ३१ बैशाख/तनहुँको भानु नगरपालिका ९ पातले स्थित मर्यास्ङदी नदिले बगाएर एक जना बेपत्ता भएका छन् ।

भानु नगरपालिका ९ पातलेका ४५ बर्षिय शेरबहादुर गुरुङ माछा मार्ने क्रममा नदिले बगाउदा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी टोली खटिई खोजिकार्य साथै घटनाको विषयमा थप अनुसन्धान गरी रहेको जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...