फेवातालमा डुबेर एक युवाको मृत्यु

पोखरा, २७ वैशाख/ पोखराको फेवातालमा डुबेर एक युवाको मृत्यु भएको छ । पोखराको हल्लनचोक स्थित डुंगाघाटबाट फेवातालमा शुक्रबार एक युवा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

तालमा हामफालेका करिब २८ बर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । परिचय नखुलेको उनको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टका लागि राखिएको छ ।

तालमा हामफाँलेको स्थानियले खबर गरेसंगै प्रहरी र शसस्त्र प्रहरीले उनको उद्धारमा खटिए पनि सशस्त्र प्रहरी वलको रेस्क्यू टिमले उनलाई तालबाट डुबेको अबस्थमा भेटाएको थियो ।

कालो वर्णका उनको शरीरमा कपडा समेत नभएको अबस्थामा तालमा मृत अबस्थामा भेटिएको हो ।

कमेन्टहरु
Loading...