मोटरसाकइल सहित हराएका व्यक्ति फेवातालमा मृत फेला

पोखरा, ४ बैशाख/दुई दिन देखि मोटरसाइकल सहित हराएको एक व्यक्ति पोखराको फेवातालमा मृत भेटिएका छन् । बैशाख २ गते देखि हराएका तनहुँ व्यास नगरपालिकाका २८ बर्षिय नबिन श्रेष्ठ फेवातालको ताल बाराही मन्दिर नजिकै डुबिरहेको अवस्थामा सव फेला परेको हो ।

उनको पर्सबाट नबिन श्रेष्ठ नाम गरेको लाइसेन्स भेटिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले बताए । उनी हराउको भन्दै दुई दिन अगाडी तनहुँ प्रहरीमा निबेदन परेको बताए ।

तालमा माथी तैरिएको सवलाई रेष्क्यु टावर फेवातालको उद्वार टोलीले सशस्त्र प्रहरी बलले निकाले थियो । सवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा राखीको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...