पोखराको फिर्केपुलमा मोटरसाइकल ठक्कर खादा एकको मृत्यु एक घाइते

पोखरा, १६ फागुन /पोखरा लेखनाथ महानगरपालिका ४ फिर्केपुलमा मोटर साइकल ठक्कर खादा एक जनाको मृत्यु भएको छ ।

मंगलबार राती साढे ११ बजे ग११प ६१२३ नम्बरको मोटरसाइकल पुलमा ठक्कर खादा चालक पोखरा १ सिम्पानी बस्ने २९ वर्षिय ऋषिकेश पहारीको मुत्यु भएको हो । घाइते पहारीको उपचारका लागि फिस्टेल अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।

मोटरसाइकको पछाडी बसेका पोखरा २५ हैम्जाका २८ बर्षिय बिमल थापा घाइते छन् । उनलको हात, खुट्टा र शरिरमा चाट लागि सिरीयस अवस्थामा अस्पतालमा उपचाररत छन् ।

कमेन्टहरु
Loading...