घरको छतबाट खसेर एक बालिकाको मृत्यु, दुर्घटनमा ट्रयाक्टर चालकको मृत्यु

पोखरा, २० फागुन/लमजुङको बेसीशहरमा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ । बेसीशहर नगर पालिका ८ दनाईफाँटमा सुवास विकको ४ बर्षे छोरीको छतबाट खसेर मृत्यु भएको हो ।

४ बर्षिय सुप्रिया बिकको दुई तलामाथीबाट खस्दा ज्यान गएको हो । आइतबार दिउँसो लुगा उठाउन आमासँगै छतमा पछ्याउँदै पुगेकी सुप्रिया छतबाट तल खसेकी हुन् । घाइते विकलाई तत्काल सदरमुकाम स्थित जिल्ला सामुदायिक अस्पताल उपचार लगिएपनि अस्पतालले पोखराको मणिपाल अस्पताल रिफर गरेको थियो ।

घाईते विकलाई पोखरा लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रदेश नम्बर ४ प्रहरी कार्यालयले जानकारी दिएको छ । त्यसै गरि लमजुङको सुन्दबजार नगरपालिका वडा नम्बर ६ पुरानोडिही स्थित भित्री कच्चि सडक खण्डमा बरेटारबाट नारनथान तर्फ जादै गरेको ना५त ६७२७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना पर्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक लमजुङ सुन्दरबजार ७ का २१ बर्षिय रविन जिसी रहेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...