पोखराको फेवातालमा कार खस्यो

पोखरा, २६ फागुन / पोखरा महानगरपालिका १८ रातोमाटो डाडाँबाट फेवातालमा कार खस्दा कारमा सवार ४ जना घाइते भएका छन् ।

लेकसाइड तर्फ आउदै गरेको ग २ च ६९१२ नम्बरको कार सोमबार रातोमाटो डाँडा नजिकैबाट १ सय मिटर तल तालमा खस्दा चालक सहित ४ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा पोखरा ६ लेकसाइडका ३२ बर्षिय चिरण बस्नेत, ३५ संजय यादव, चालक ३८ बर्षीय राजु पहारी र उनकी २ बर्षीया छोरी राविया पहारी रहेका छन् । उनी सबै सामान्य घाइते भएका छन् ।

करिब १०० मिटर फेवातालमा कार पुगेको थियो । कार चालकलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जनाएको छ ।

कारलाई क्रेनले झिकेर वडा प्रहरी कार्यालय बैदाम ल्याएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...